ठेक्काको म्याद थप्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

ठेक्काको म्याद थप्न मन्त्रिपरिषद्को आकस्मिक बैठक


ग्लोब नेपाल
405
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक डाकेका हुन् ।

नियमित बैठक अस्ति (मङ्गलवार) बसे पनि आजको बैठकले ठेक्काको म्याद थप गर्न सक्ने बताइएकाे छ ।

केही दिनयता निर्माण व्यवसायीहरूले उच्च पदस्थहरूलाई भेटेर म्याद थपका लागि दौडधुप चलाएका थिए । समयमा काम नगर्ने अनि पटक-पटक म्याद थपाएर विकृति भित्र्याएको प्रशासकहरू बताउँदै आएका छन् ।