काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई पक्राउ गरेको छ । सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको सीआईबीकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
सीआईबीले आजै मात्रै ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेकाे थियाे ।
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए । प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेकाे छ ।


प्रतिक्रिया