सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन् ।

सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो । सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ । नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ,‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ । उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन् ।