पाइलट गुरुङले उडाएका थिए हेलिकप्टर, यात्रु सबै मेक्सिकन (सूचीसहित)

पाइलट गुरुङले उडाएका थिए हेलिकप्टर, यात्रु सबै मेक्सिकन (सूचीसहित)



काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।

यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।

सोलुबाट काठमाडौंका लागि उडेको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।

चालक तथा यात्रुको सूची :