सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभाको २५ औं बैठकबाट बजेट पारित भएको हो । असार १ गते संसद्मा प्रस्तुत भएको बजेट प्रदेशसभामा ध्वनी मतका साथ पारित भएको हो ।
कर्णाली प्रदेशसभमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । सत्ता गठबन्धनको २८ र विपक्षी एमाले र राप्रपासँग १० सांसद छन् ।
अर्थमन्त्री वेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँबराबरको बजेट ल्याएका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ।१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।
प्रतिक्रिया