काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ६ शवलाई एयर लिफ्ट गरी साढे ५ बजे काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको हो ।
सोलुखुम्बुको सुर्केबाट मंगलवार बिहान काठमाडौं उडान भरेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा ६ जनाको मृत्यु भएको थियाे ।
हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । यात्रुहरु पाँचै जना मेक्सिकोका नागरिक रहेको तिवारीले जानकारी दिएका छन् ।
सोलुबाट काठमाडौंका लागि उडेको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।
प्रतिक्रिया