जनमतबाट अनितादेवीको नाम मन्त्रीमा सिफारिस

जनमतबाट अनितादेवीको नाम मन्त्रीमा सिफारिस


ग्लोब नेपाल
459
Shares

काठमाडौं । जनमत पार्टीले अनितादेवी साहको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । पार्टीका तर्फबाट साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टीले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एवम् सांसद हुन् ।

प्रधानमन्त्री दाहाल जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री दाहालले यस विषयमा जनमत पार्टीका अध्यक्ष डा. राउतसँग पटकपटक छलफल गर्दै आएका थिए । गत सोमबार प्रधानमन्त्री दाहाल र राउतका बीचमा सरकारमा सहभागी हुनेबारेमा छलफल भएको जनमत पार्टी महासचिव चन्दन सिंहले बताए ।

जनमत पार्टीले विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधानमन्त्री दाहालले जनमतलाई कुन मन्त्रालय दिने भन्ने निर्णय गर्नसकेका छैनन् । यस विषयमा उनले आफूनिकटका नेताहरूसँग आन्तरिक छलफल गरिरहेकाे बुझिएकाे छ ।