आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।