भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्काइयो

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्काइयो



काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए ।

फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको छ ।