एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्री लु को जोड

एमसीसी कार्यान्वयनको लागि अमेरिकी विदेश मन्त्री लु को जोड


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिएका छन् ।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री एनपी साउद लगायतसँग भेटवार्तामा उनले एमसीसी कार्यान्वयनमा जोड दिएका हुन् ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायक मन्त्री लु नेपाल आएका हुन। यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आएका थिए। त्यही वर्षको फागुन १५ गते एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको थियो ।

लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), उपकरण तथा गाडी खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालले जनाएको छ

उनको बाख्रा पालनमा झण्डै रु ४० लाख लगानी भइसकेको छ । ‘वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन’, बस्नेतले भने, ‘जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रा पालनमा आफ्नो भविष्य देखे, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन् ।’

बस्नेतले बाख्रापालनका लागि आधुनिक र प्रविधिमैत्री खोर बनाएका छन् । उनले खोर निर्माणमै लाखौँ लगानी गरेका छन् । दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माण गर्नुभएको छ भने बाख्रा फर्म वरपरको जग्गा तारबार गरेर व्यवस्थितसमेत गरेका छन् ।

‘विदेशको दुःखसमेत भोगियो, नेपालमै केही गर्न सकिन्छ भन्ने अठोट गरेर फर्म स्थापना गरेको हुँ, अहिले बाख्राका पाठा–पाठी हुर्काउनका लागि आवश्यक दूधका लागि समेत दुई वटा गाईसमेत पाल्दै आएको छु’, बस्नेतले भने, ‘पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो ।’ सरदरमा हाल सम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी फर्म विस्तारमै खर्च गरिएको उनको भनाइ छ ।

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन् । बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उहाँको भनाइ छ । फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ ।

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ ।

बाख्रा पालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिए ।

स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रा पालन किसान बस्नेतको भनाइ छ । फर्ममा उन्नत जातको बोयर बिउँ बोकासमेत रहेको छ ।