कोटेश्वर क्याम्पस स्ववियु सभापति बुढाथोकीले गरे यस्तो निर्णय

कोटेश्वर क्याम्पस स्ववियु सभापति बुढाथोकीले गरे यस्तो निर्णय


ग्लोब नेपाल
999
Shares

काठमाडौं । कोटेश्वर क्याम्पसमा अबदेखि तालाबन्दी नगर्ने विद्यार्थी सङ्गठनहरुले प्रतिबद्धता जनाएका छन् । स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । नेपाल विद्यार्थी संघका नेता समेत रहेका स्ववियू सभापति बुढाथोकी गत स्ववियू निर्वाचनमा सर्वसम्मत सभापति चुनिएका थिए ।

सहमतिपत्रमा नेविसंघका इकाइ सभापति हरिराम केसी, अनेरास्ववियु (क्रान्तिकारी) इकाइ अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखित क्रान्तिकारी (विप्लव) संयोजक मिठू टमटा र अनेरास्ववियू प्रतिनिधि सुशीला दाहालले हस्ताक्षर गरेका छन् । यो निर्णय पछि सभापति बुढाथोकीको सबैले प्रशंसा गरेका छन् ।

हेर्नुस् ५ विद्यार्थी संगठनहरुको विज्ञप्ति :