बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयद्वारा अवरोध


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । ककनी गाउँपालिका र धुनीबेसी नगरपालिका स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध सृजना गरेका छन् ।

संघीय सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको माग सम्बोधन गर्न चासो नदेखाएको जनाउँदै स्थानीयहरूले सोमबार(आज) बिहानै देखि फोहोर फाल्न अवरोध खडा गरेका हुन् ।

स्थानीयले बिहानैदेखि ककनी र धुनीबेसीको सिमानामा अवरोध गरेपछि काठमाडौँबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । स्थानीयवासीको आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागी छन् ।

ककनी गाउँपालिकाको १२ औं सभाले फोहोरका कन्टेनरको प्रवेश शुल्क साउन १ गतदेखि ठूला प्रतिगाडीलाई १५ सय र १ हजार रुपैयाँ लिने निर्णय गरेको थियो।

त्यसकाविरुद्ध फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गरेको छ । त्यसको पेसी आजका लागि तोकिएको छ ।