काठमाडौं आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता

काठमाडौं आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता


ग्लोब नेपाल
108
Shares

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौँ आइपुगेका छन् । श्रीलङ्का भ्रमण सकेर उनी काठमाडौँ आएका हुन् ।

युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौँ रहँदा उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।

शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।