लघुवित्त पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति

लघुवित्त पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता समिति



काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो ।

समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थमन्त्रालयले जनाएको छ ।

पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन गर्दै आएका छन् ।