काठमाडौं । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ ।
मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर गरेको हो ।
उच्च अदालत विराटनगरले विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो ।
इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।
प्रतिक्रिया