चर्चामा एनआरएनए आईसीसी युवा उपाध्यक्षका प्रत्यासी अब्दुल बासिद

चर्चामा एनआरएनए आईसीसी युवा उपाध्यक्षका प्रत्यासी अब्दुल बासिद


ग्लोब नेपाल
2.9k
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–०२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अनौपचारिक उम्मेदवारी घोषणासँगै बासिदको चर्चा विश्वव्यापी रुपमा फैलिएको छ ।

एनआरएनएमा युवाको बृहत् सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता उनका मूल मुद्दा हुन् । यिनै मुद्दा अघि सारेर बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएका बासिद सफल व्यवसायी मात्र होइनन्, युवाहरुको ढुकढुकीसमेत हुन् । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्राएका बासिदले सयौं नेपालीलाई रोजगारी दिएका छन् ।

अनुभवले खारिएका र सम्भावना बोकेका एनआरएनए अभियन्ता बासिदले साथीभाइको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । अब्दुल भन्छन ‘सन् २०२३–०२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र केही गर्ने मेरो इच्छाअनुसार मैले आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको हुँ।’

एनआरएनए कतार र एनआरएनए आईसीसीलगायत विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका बासिदले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउन उनले बताए ।

मूल एजेण्डा केही दिनमा सार्वजनिक गरिने भएता पनि उनका प्रमुख एजेण्डाहरु युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पूँजीको सदुपयोग, एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित बैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउनेलगायत रहेको बताएका छन्।