सिटिजन लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर बाँडफाँड

सिटिजन लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर बाँडफाँड



काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३,७५,००,००,०००/- (अक्षरेपी तीन अर्ब पचहत्तर करोड मात्र ) मध्ये ३०% अर्थात रु.१,१२,५०,००,०००/- (अक्षरेपी एक अर्ब बाह्र करोड पचास लाख) रकम बराबरको १,१२,५०,००० कित्ता मध्ये १०% अर्थात ११,२५,००० कित्ता शेयर प्रति शेयर रु.१०० / अङ्कित दरमा प्रिमियम वापत रु. १४४ / थप गरी जम्मा प्रति शेयर मूल्य रु.२४४/- को दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि ०३/२१ देखी ०४/१४ सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियाे ।

सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी योग्य आवेदकहरुमा निष्काशित शेयरहरुको २०८०, साउन २२ मा एनआइएमबि एस क्यापिटलकाे कार्यालय, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएकाेे छ ।

१९,३०,९०० कित्ता खरिदका लागि २७,६३२ जना बाट आवेदन प्राप्त भएकोमा कूल २७,६२८ जना आवेदकहरुबाट १९,३०,५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको थियाे ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम सर्वप्रथम रितपूर्वक आवेदन दिने सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७८८५ आवेदकहरुलाई माग बमोजिमका १,५४,९९० कित्ता तथा ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७,८९,७२० कित्ता गरी कुल ९,४४,७१० कित्ता बाँडफाँड गरिएकाे थियाे ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२९० कित्ताको हकमा ५० देखि २,००० कित्ता सम्म मागगर्ने १९,७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २,००० कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्वारा थप १० कित्ताका दरले १८०२९ जना सफल आवेदक छनोट गरी १,८०,२९० कित्ता बाँडफाँड गरिएको छ ।