काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डा. पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन चार्ली फक्सट्रोट थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यादव, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परेकाे प्रवक्ता अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि म्याद थप्ने तयारी सीआईबीले गरेकाे छ ।


प्रतिक्रिया