काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
सांसद शर्मालाई शुक्रबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको थियाे । अदालतबाट बाहिरिने क्रममा शर्माका समर्थक र प्रहरीबीच धकेलाधकेलका साथै तनावको स्थिति बनेको थियो । शर्माले आफुमाथि प्रहरीले दुर्व्यबहार गरेको र दुई पटक हात हालेको दाबी गरेका छन् ।
‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने ।
प्रतिक्रिया