कपनमा खहरे खोला खोल्न काठमाडौं महानगरले चलायो डोजर

कपनमा खहरे खोला खोल्न काठमाडौं महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खोल्न डोजर चलाएको छ । काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरीले जानकारी दिएकाे छ ।

काठमाडौं महानगरपालिका- ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको उनले बताए ।

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोज्दा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो । शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।