काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग

काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । आइतबार बसेको काँग्रेस संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेसम्मका आवाज उठेका छन् । युवा सांसदले सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्नेगरी उच्च स्तरीय आयोग बनाउने अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेसम्मका माग पार्टी नेतृत्वसँग गरेका हुन्।

सांसद प्रदिप पौडेलले हालसम्मका सबै भ्रष्टाचारका मुद्धा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका हुन् । सुन तस्करी प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानबिन हुने गरी शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलले जोड दिए।

काँग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनको भनाई छ। उनले सरकार र दल फरक भएको र सरकारले गलत काम गर्दा काँग्रेस सांसदले पनि औँला उठाउन सक्नुपर्ने पौडेलको तर्क छ।