एनआरएनए अध्यक्षमा महेश श्रेष्ठ साझा उम्मेदवार

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठ साझा उम्मेदवार


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा प्रजातान्त्रिक पक्षधरबाट जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो साेमबार बेलुकासम्म अध्यक्षमै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डा. केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने जिम्मा पौडेलले पाएका छन्।

अध्यक्षमा महेशजीलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क-कसलाई पठाउने भन्ने सबै जिम्मा केशवजीलाई दिने गरी सहमति भएको छ,’ बैठकमा सहभागी एकजनाले भने, ‘महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई पठाउने निर्णय भएको छ।’

यसअघि श्रेष्ठ र पौडेल दुवै जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए। पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन दुवै जना काठमाडौं ओर्लिएका थिए। भेटमा नेताहरूले कांग्रेसबाट एक मात्र उम्मेदवार हुनुपर्ने बताउँदै दुई जना मिलेर आउन आग्रह गरेका थिए। संघको निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।