धितोपत्र बोर्डद्वारा थप ५ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

धितोपत्र बोर्डद्वारा थप ५ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको हाे । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ । 

लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ ।

यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले कारोबार सुरु गरिसकेका छन् ।