अमेरिकामा आँधिका कारण हजारौं उडान प्रभावित

अमेरिकामा आँधिका कारण हजारौं उडान प्रभावित


ग्लोब नेपाल
54
Shares

वासिंग्टन डिसी । अमेरिकाका धेरै क्षेत्र अहिले आँधीको चपेटामा परेका छन् । इडालिया आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । जसका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी मिडियाका अनुसार इडालिया अहिले तल झरेको छ ।

सो कारण १५७ उडान रद्ध भएको छ भने करिब २ हजार उडान रद्ध भएको छ । राष्ट्रपति जो बिजोनले पनि इडालियाका कारण आफ्नो यात्रा समायोजन गर्न सक्छन्। 

बुधबार बिडेनले व्हाइट हाउसमा भने कि उनले इडालियाका कारण आफ्नो व्यक्तिगत र आधिकारिक यात्रा तालिका समायोजन गर्नुपर्ने हुन सक्छ। उनले आँधीबाट प्रभावित सबै सम्भावित राज्यका गभर्नरहरूसँग कुरा गरेको बताए। बिडेनले उनीहरुलाई संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।