अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा

अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा



काठमाडौं । सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज नेपाल भ्रमणमा आएका छन् ।

आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नेछन् ।