सुनील साह एनआरएनए उपाध्यक्षको उम्मेदवार बन्ने

सुनील साह एनआरएनए उपाध्यक्षको उम्मेदवार बन्ने


ग्लोब नेपाल
378
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा अमेरिकी निवासी सुनिल साह उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । वर्तमान कोषाध्यक्ष तथा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष समेत रहेका साहले सामाजिक सञ्जालमार्फत् उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

एनआरएनए अभियानमा निरन्तर सहभागी भई प्रवाशमा रहेका नेपालीको आवश्यकताको मुद्दालाई सम्बोधन गराउन सधैं साथ, सहयोग, समर्थन गर्दै आएका विश्वभरका नेपाली समुदाय, अग्रज एनआरएनए अभियन्तासँग उनले सहयोगको याचना गरेका छन् । उनले भनेका छन्, ‘तमाम एनआरएनएसँगको सरसल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिने निर्णयमा पुगेको छु, सधैं झै यहाँहरूबाट यसपटक पनि साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

‘एनआरएनएले स्थापनादेखि उठाउँदै आएको मुद्दामा लक्षित गन्तव्य नजिक छौं, यस महाअभियानलाई हामी थप उर्जाका साथ टुङ्गोमा पुर्याउनेछौं ।एनआरएनए महाअभियानमा राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको अध्यक्षदेखि अन्तराष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्षसम्म तपाईंहरुसँगै छु । यसपटक उपाध्यक्षको उम्मेद्वार बन्ने निर्णयसहित यात्रा निरन्तर छ’ उनले सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा उल्लेख छ ।