सरकार र शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित

सरकार र शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकार र आन्दोलनरत् नेपाल शिक्षक महासंघबीच आज अपरान्ह पुन: वार्ता हुँदैछ । गृहमन्त्रालयमा केहीबेर अघि बसेको बैठकमा तयारी पूरा नभएकोले अपरान्ह पुन बस्‍ने गरी स्थगित भएको छ ।

दुबै पक्षले वार्ता समिति बनाइ वार्तामा बस्‍ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । वार्ता अघि नबढेपछि आन्दोलनरत पक्ष प्रदर्शन व्यवस्थित गर्न माइतीघरतर्फ गएको छ ।

हिजो बिहान र साँझ पनि दुई चरणमा मन्त्रीहरुसँग छलफल भएको थियो । हिजो विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए ।

साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोली र शिक्षक प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

हिजोको वार्तामा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । कानून मन्त्री गुरुङले महाङ्घसँगको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताएका थिए ।