इसेवाको नगद झिक्ने सेवा बन्द

इसेवाको नगद झिक्ने सेवा बन्द


ग्लोब नेपाल
162
Shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ईसेवाले नगद झिक्ने सेवा बन्द गरेको छ । ईसेवाको खातामा रहेको पैसा एजेन्टमार्फत् नगद झिक्ने सुविधा अन्त्य भएको छ ।

पछिल्लो समयमा केही आपराधिक समूहले बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटका खाताहरूमा अनधिकृत तवरले पहुँच बनाई सो खातामा रहेको रकम ईसेवा एजेन्टमार्फत नगद रकममा सटही गर्ने घटना बढिरहेकाले यस प्रकारको कार्यमा संलग्न नहुन तथा नगराउनसमेत कम्पनीले आग्रह गरेको छ ।

‘हाम्रा एजेन्टहरू तथा प्रयोगकर्ताहरूलाई ईसेवा खातामा रहेको रकमको सट्टामा नगद सटही (क्याश आउट) सेवा बन्द भइसकेको ब्यहोरा स्मरण गराउन चाहन्छौं’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।