काठमाडौँ । कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो थप बढेको छ । कोशी सरकार निर्माणकाे सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो ।
कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ । तर, कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन् ।
त्यसमाथि, ओली सरकारमाथि परमादेश दिदाँ नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ति हुने विश्वास ब्यक्त गरिएकाे छ ।
प्रतिक्रिया