एनआरएनए निर्वाचनः ८ पदमा उम्मेदवारी परेन, १४ पदमा निर्विरोध

एनआरएनए निर्वाचनः ८ पदमा उम्मेदवारी परेन, १४ पदमा निर्विरोध


ग्लोब नेपाल
432
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघमा नयाँ नेतृत्वको चुनावी सरगर्मीले माहोल ताँतेको छ । ७४ पदका लागि हुने निर्वाचनमा ८ वटा पदमा उम्मेदवार परेको छैन भने १४ पदमा निर्विरोध निर्वाचित भएका छन् । अब ५२ पदमा मात्रै निर्वाचन हुनेछ ।

निर्वाचन समितिले उपलब्ध गराएको जानकारी अनुसार दोस्रो पुस्ता संयोजक, क्षेत्रीय युवा उपसंयोजक ओसियाना, क्षेत्रीय युवा उपसंयोजक यूरोप क्षेत्र, क्षेत्रीय युवा उपसंयोजक अफ्रिका, क्षेत्रीय युवा उपसंयोजक मध्यपूर्व, क्षेत्रीय महिला उपसंयोजक एसिया प्यासेफिक र क्षेत्रीय महिला उपसंयोजक अफ्रिका पदमा कसैले पनि उम्मेदवारी दर्ता गराएनन ।

यसैगरी क्षेत्रीय महिला संयोजक अफ्रिकामा केशना लिम्बू, क्षेत्रीय महिला संयोजक अमेरिकामा इन्दिरा त्रिपाठी, क्षेत्रीय महिला संयोजक मध्यपूर्वमा बहराइनकी लक्ष्मी गिरी, क्षेत्रीय महिला संयोजक ओसियाना अस्ट्रेलियाकी रेणुका लामा, क्षेत्रीय महिला संयोजक अमेरिकाजमा विन्दु निरौला, क्षेत्रीय महिला उपसंयोजक युरोपमा अस्ट्रेरियाकी भवानी तिवारीको मात्र उम्मेदवारी परेको छ ।

यस्तै क्षेत्रीय महिला उपसंयोजक मध्यपूर्वबाट कतारकी सरिता भण्डारी पौडेल, क्षेत्रीय युवा संयोजक अमेरिकाबाट स्वराज खाती, क्षेत्रीय युवा संयोजक एसिया प्यासेफिकबाट जापानका विकास बस्नेत, क्षेत्रीय युवा संयोजक युरोपबाट माल्टाका प्रकाश भण्डारी, क्षेत्रीय युवा संयोजक ओसियानाबाट अस्ट्रेलियाका सूर्य आचार्य, क्षेत्रीय युवा उपसंयोजक अमेरिकाजबाट बिशाल राना, क्षेत्रीय युवा उपसंयोजक एसिया प्यासेफिकबाट जापानका नारायण खड्का, क्षेत्रीय युवा उपसंयोजक मध्यपूर्वबाट दुबइका कृष्णकुमार ठाकुरको मात्रै नाम परेको छ ।

अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, रोविना थापा र राजेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्ष पदका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना सचिव पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यी १५ मध्ये अमेरिकाबाट ४ जना छन् ।