काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका हुन ।
उनले नेपाललाइ परिररहेको दु:खको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेकोसमेत प्रतिबद्दता जनाएका छन् ।



प्रतिक्रिया