भूकम्प प्रभावित क्षेत्रमा ३ वटा एनआरएनए (कसले के दिए ?)

भूकम्प प्रभावित क्षेत्रमा ३ वटा एनआरएनए (कसले के दिए ?)



काठमाडौं । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत बाँड्न तीनवटा बेग्लाबेग्लै गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोली पुगेको छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेपछि कुँवर नेतृत्वको टोली प्रभावित क्षेत्रमा देखा परेको छैन । तर राहत वितरणको नाममा झन्डै एक करोड रुपैयाँ संकलन गर्ने लिस्ट तयार पारेको छ ।

११ औं महाधिवेशनबाट अस्तित्वमा आएका केसी र शर्मा समूहको दुईवटा एनआरएन भने राहत बोकेको ट्रक अगाडि तस्बिर खिचेर रमाएको छ । पीडितलाई सोझै राहत वितरण गर्न सरकारले रोक लगाएकाले राहत बोकेको ट्रक अगाडि तस्विर खिचेर रमाउनु परेको हो । उनीहरुले राहत पालिकालाई बुझाएर भर्पाइ लिएर होटल फर्किएका छन् । पीडितलाई राहत वितरण गर्न नपाएपछि ट्रकमा लोड गरिएको राहत उचाली तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्टियाएका छन् ।

सामाजिक सञ्जालमा राखिएको तस्विरमा समेत केसी र शर्मा समूहबीच भनाभन भएको छ । राहत वितरणको वास्तविकता एकअर्कालाई थाहा हुँदाहुँदै सामाजिक सञ्जालमा तस्विर राखेर अतिरिञ्जीत गर्न थालेपछि भनाभन हुन थालेको हो ।

केसी नेतृत्वको एनआरएनएले घोषणा गरेको रकम
बद्री केसी अध्यक्ष रहेको एनआरएनएको तर्फबाट तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरिने घाेषणा गरियाे । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय गरेका थियाे । अध्यक्ष डा. केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरी पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु. १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिने बताइएको थियाे ।

केसी नेतृत्वको एनआरएनएले दिए के ?

शर्मा नेतृत्वको एनआरएनएले घोषणा गरेको रकम
आरके शर्मा नेतृत्वको एनआरएनएले १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेको थियाे । त्यसका लागि अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए। महासचिव बुद्धि सागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्दु’ ले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने घाेषणा गरेका थिए ।

शर्मा नेतृत्वको एनआरएनएले दिए के ?

कुँवर नेतृत्वको एनआरएनएमा सहयोग गर्नेहरूको नामावली
१. MIT Foundation ५० लाख (शेष घले)
२. Binod Kunwar: १० लाख १ हजार १ सय
३. Bhoma Limbu: १ लाख
४. Umesh Pudasaini: ५० हजार
५. Tharka Sen: १ लाख ५ हजार
६. Janakee Gurung: १ लाख
७. Krishna Sanjel KC: १ लाख
८. Dharma Raaj Khatiwada: ५१ हजार
९. Shashi Chandra Adhikari: १ लाख
१०. Ershad Ahmed: १ लाख १ हजार
११. Junu Gurung: १ लाख
१२. Pasang Sherpa: १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)
१३. Purna Deurali: ५१ हजार
१४. Prakash Dhamala: ५१ हजार
१५. Keshab Kandel: ५५ हजार
१६. Kushal KC: १ लाख
१७. Deepa Raai:$1,000 (Australian Dollar)- करिब ८५ हजार

  1. Laxmi Gurung: ५० हजार
  2. NCC Belgium committee: ५० हजार (पहल जारी)
    २०. NCC Kuwait: ५० हजार
    २१. NRN UK: ५ लाख (पहल जारी)
    २२. Shyam Tamang: १ लाख
    २३. AC Sherpa: ५ लाख
    २४. NCC USA: ५ लाख (पहल जारी)
    २५. NCC Qatar: १ लाख (पहल जारी)
    २६. Raj Bhadur Shahi: १ लाख
    २७. Ramji Lamichhane: $100 ($US) – करिब १३ हजार
    २८. Dharam KC: २५ हजार ५ सय ६३
    २९.. RC Sapkota: $500 (Australian Dollar)-करिब ४३ हजार
    ३०. Dilli R Dhungana: ५० हजार
    ३१. Giriraj Pandey: $100 (($US)-करिब १३ हजार
    ३२. Bhakta Bhandari: १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)
    ३३. Karma Sherapa: १ लाख
    ३४. Krishna Pokhrel- १ लाख
    ३५. BR Lama: १ लाख
    ३६.. Sonam Lama (ट्राभलमा भएकाले सम्पर्क हुन सकेन)
    ३७. Trilok Gurung (छिट्टै निर्णय गर्ने)
    ३८. एनसीसी क्यानाडाले छिट्टै निर्णय गर्ने

कुँवर नेतृत्वको एनआरएनएले दिए के ?
कुँवर नेतृत्वको एनआरएनएले उपलब्ध गराएको सहयोगको विवरण सार्वजनिक भएको छैन । उनीहरुले प्रधानमन्त्री राहत कोषमा घोषणा गरेको रकम हस्तान्तरण गर्ने बुझिएको छ ।