अमेरिकाका नेपाली राजदूत खतिवडा मेक्सिकोका लागि पनि गैरआवासीय राजदूत

अमेरिकाका नेपाली राजदूत खतिवडा मेक्सिकोका लागि पनि गैरआवासीय राजदूत



काठमाडौँ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।