सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलायो

सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलायो



काठमाडौं । सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सरकारले सोहीअनुसार साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको हो । असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो ।