नेतादेखि नागरिकका आँखामा ओलीको प्रस्तुति

नेतादेखि नागरिकका आँखामा ओलीको प्रस्तुति


ग्लोब नेपाल
0
Shares

काठमाडाैं । बालुवाटारबाट फर्केर बार्दलीबाट गर्जन शुरु गरेका प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बीआईसीसीमा रहेको संसद भवनमा पहिलो पटक बोले र काङ्ग्रेसले देखाउन नसकेको प्रतिपक्षीको भूमिका उनले एक महिना नपुगेको सरकार बिरुद्ध लक्षित गर्दै देखाए । प्रधानमन्त्रीका रुपमा ओलीले गरेका काम चटक्कै बिर्सने हो भने उनले संसदमा जे भने, गजबै भने । तर यी उनै ओली हुन्, जसले बहुमत, त्यो पनि दुई तिहाइको बहुमतको सत्तालाई आफ्नै कारणले बिश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा पुर्याए । संविधानको अपव्याख्या गर्दै सरकारमा टिकिरहने अनेक तिगडम गरिरहे र अन्ततः अदालतले एक हिसावले गलहत्याएर निकाले पछि बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेर बर्बराए । 

उनलाई र सम्भवतः उनको हनुमान दललाई पनि संसदमा गजबै दनक दिए भन्ने लाग्यो होला । तर उनको भाष्ण संसदभित्र बसेर सुन्नेले मात्र होइन, टेलिभिजनमा हेरेर बसिरहेका नागरिकले कसरी बुझे ? ट्विटरमा आएका केही सन्देशलाई हामी यहँँ प्रस्तुत गर्दैछौं :


डा. बाबुराम भट्टराई , पूर्व प्रधानमन्त्रीः ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ ! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना१उल्टै जो चोर उसको ठुलो स्वर !
दीपक ज्ञवाली, पूर्व मन्त्री : ओलीको संसदमा भाषण सुन्दै छु। यो देउवा सरकारको साझा कार्यक्रमलाई मज्जाले धज्जी उडाउदै छन्। Agree or disagree, love or hate him but दगत संसदमा बिपक्षीले यति जमेर सरकारको आलोचना गरेको नसुन्या जुग भईसकेको थियो।

खगेन्द्र संग्रौला, लेखक : नामै लिँदा दिगमिग लाग्ने यी महामानव संसदको मण्डपमा उभिएर बोल्दा मनमा झ्याट्ट दुई कुरा उठे।दुच्छरको कहिल्यै सोमत हुँदैन,दुष्ट्याइँको कतै ओखती हुँदैन।

खेमराज रेग्मी, अध्यक्ष , ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल: केपि शर्मा ओलीले संसदमा गरेको भाषण सुनियो। एउटा स्वेच्छाचारी तानाशाह, शक्ति र सत्ताबाट च्यूत हुनुपर्दाको पीडा र छटपटाहटको झुसिलो डकार कसरी निर्लज्ज रुपमा छरपस्ट गर्दारहेछन्, थाहा पाईयो।

सरिता तिवारी , लेखक: हिन्दीमा एउटा शब्द छ, ‘कमीना’ १ जबजब पोडियममा उभिएर वहाँ बोल्न थाल्नुहुन्छ यो शब्द गहिरोसँग स्मरण हुन्छ । नेपालीमा यसलाई ‘नकच्चरो’ भन्न मिल्ला ।