काठमाडौं । तेस्राे नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएकाे पहिलाे खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ ।
१७५ रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभरमा सात विकेट गुमाएर १७२ रनमा समेटियो । जनकपुरलाई जितबाट रोक्न वेस्ट इन्डिजका आन्द्रे रसल भाग्यमानी सावित भए । उनले जनकपुरका चार खेलाडीलाई पेभेलियन फर्काए ।
हसन सैफको अर्धशतकको मद्दतमा जनकपुरले विराटनगरलाई अन्तिम ओभरसम्म फाइट गरेको थियो । तर दुई रनले चुक्ने पुग्यो । अंक तालिकामा जनकपुर र विराटनगर दुवैको चार–चार अंक छ ।


प्रतिक्रिया