तोकेको समयसीमाभित्र अमेरिकाले अफगान मैदान खाली गर्नुपर्छः तालिवान

तोकेको समयसीमाभित्र अमेरिकाले अफगान मैदान खाली गर्नुपर्छः तालिवान



काबुल (एजेन्सी) । तालिावनका प्रवत्ता मुहमद सुहाइल शहिनले अमेरिकी सेना निर्धारित समयभित्र अफगानिस्तानबाट फर्किनुपर्ने बताएका छन् । अमेरिकी सेना तोकिएको समयसिमा पछि पनि काबुलमा रहन सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले संकेत गरिरहेका बेला तालिवानका प्रवत्ताको सो भनाइ सार्वजनिक भएको हो । तालिवान र अमेरिकाबीच भएको सम्झौता अनुसार अमेरिकाले ३१ अगस्टभित्र अफगान मैदान खाली गर्नुपर्छ ।

‘विदेशी फौजले तोकिएको समयभित्र आफ्ना सेना फिर्ता गर्नुपर्छ । फिर्ता नभए दुई पक्षबीच भएको सम्झौता उल्लङघन हुन्छ,’ शहिनले भने । अमेरिकी सेना फिर्ताबारे आफ्नो प्रतिकृया समूहको नेतृत्वकै निर्णय सरह हुने समेत उनले बताएका छन् ।

समयसीमा नजिकिदै जाँदा अफगानिस्तान छोड्न चाहनेको ठूलो भिडले काबुल विमानस्थल अस्तव्यस्त बनेको छ । अहिलेसम्म १८ हजार मानिस काबुलबाट बाहिरिएका छन् । त्यस्तै, तालिवानको शासनमा दमन हुन सक्ने भन्दै हजारौं अफगानी देश छोड्न विमानस्थल पुगेका छन । उनीहरुलाई तालिवान लडाकूले रोकेका छन् ।