उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाइने

उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाइने




काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । आज जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको व्यवस्था हटाएका हुन् ।

आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ । तर प्रशासनले जारी गरेको आदेश सरकारी निकाय र विभिन्न राजनीतिक दलले उल्लंघन गरिरहेका छन् ।