विश्वमा पहिलो पटक हरिणमा पनि कोरोना संक्रमण

विश्वमा पहिलो पटक हरिणमा पनि कोरोना संक्रमण



सिकागो । अमेरिकी सरकारले विश्वमा पहिलोपटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जंगली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ । विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि बताइएको छ ।