एमसीसी उपाध्यक्ष फातेमा सुमार काठमाडौंमा

एमसीसी उपाध्यक्ष फातेमा सुमार काठमाडौंमा



काठमाडौं । अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेपालको चारदिने भ्रमणका लागि उनीहरु आज बिहान कतार एयरवेजमार्फत काठमाडौं आइपुगेका हुन् ।

उच्चस्तरीय भ्रमणको लागि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो ।