एमसीसी पास गर्न ओलीले दिएनन सहमति

एमसीसी पास गर्न ओलीले दिएनन सहमति



काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन् । बिहीबार बिहान काठमाडौं आएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

ओली निवास बालकोटमा भेट भएको थियो । भेटमा एमालेका तर्फबाट विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा पनि सहभागी थिए। भेटमा सुमारले एमसीसी सैन्य रणनीतिको अंग नभएको प्रष्ट पारेकी थिइन । उनले यसो भनेपछि पूर्वप्रधानमन्त्री केपीले पार्टीमा छलफल गरेर निर्णय लिने बीचको भाषा प्रयोग गरेका थिए।

सरकारमा रहदा केपी ओलीले एमसीसी पास गर्न बल गरेका थिए । उनले चुनावकै बखत पनि अमेरिकाले ५ सय मिलियन पैसा दिने बताएका थिए । तर सरकारबाट हटेपछि उनी र उनको दल एमसीसीको विपक्षमा देखिएको छ।