अमेरिकी च्याप्टर अध्यक्षद्वारा एनआरएनए अध्यक्षकाे ध्यानाकर्षण (पत्रसहित)

अमेरिकी च्याप्टर अध्यक्षद्वारा एनआरएनए अध्यक्षकाे ध्यानाकर्षण (पत्रसहित)



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका च्याप्टर अध्यक्षले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तकाे ध्यानाकर्षण गराएका छन् । अमेरिकाले पठाएको आइसीसी डेलिगेट्सहरुको लिस्टमा २५ प्रतिशतको नाम हटाएर प्रकाशित गरेको भन्दै अध्यक्ष पन्तकाे ध्यानाकर्षण गरेका हुन् । अध्यक्ष पन्तका नाममा एक पत्र लेख्दै एनआरएनए अमेरिकाले च्याप्टरबाट प्रतिनिधित्व गर्ने २९ जना र क्षेत्रगत रूपमा निर्वाचित १८ जना गरी ४७ जना अर्थात् अमेरिकाबाट २५ प्रतिशतको नाम प्रकाशित नहुनुको कारण स्पष्ट गर्न सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहेको पत्रमा उल्लेख गरिएकाे छ ।

कुमार पन्तज्यू
अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ

विषय : ध्यान आकर्षण

गैर आवासीय नेपाली सङ्घ अन्तरािष्ट्रय समन्वय परिषद्को १० औ महाधिवेशनको सङ्घारमा छौँ । सबै राष्ट्रिय समन्वय परिषद्हरूले आफ्नो देशबाट आइसीसी डेलिगेट्सहरुको नाम आइसीसीमा पठाइसक्नु भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएको आइसीसी डेलिगेट्सहरुको लिस्टमा २५ प्रतिशतको नाम हटाएर प्रकाशित गरेको देखिएको छ । यसमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका माताहातका च्याप्टरबाट पठाइएका आइसीसी प्रतिनिधिहरूको नाम समेत हटाईएको देखिन गएको छ । एनसीसी अमेरिका अन्तरगत रहेका च्याप्टरहरूले एनसीसीको विद्यमान विधान र विधि पूर्वक पठाएका प्रतिनिधिको नाम हटाईएकोमा हाम्रो घोर आपत्ती रहेको कुराजानकारी गराउद छौ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले ९ अगष्टमा विधान अनुरूप च्याप्टरबाट एक जना आइसीसी डेलिगेटस पठाउन गरेको पत्राचार अनुसार च्याप्टहरुबाट प्रक्रियागत ढङ्गले एक जना आइसीसी डेलिगेटस पठाइएको स्मरण गराउन चाहन्छौँ । च्याप्टरबाट प्रतिनिधित्व गर्ने २९ जना र क्षेत्रगत रूपमा निर्वाचित १८ जना गरी ४७ जना अर्थात् अमेरिकाबाट २५ प्रतिशतको नाम प्रकाशित नहुनुको कारण स्पष्ट गर्न सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छौँ ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकामा थोरै सदस्य भएको एउटा च्याप्टरमा जति पनि सदस्य नभएका थुप्रै देशलाई राष्ट्रिय समन्वय परिषद्को मान्यता दिएर ठुलो सङ्ख्यामा प्रतिनिधि लान सक्ने आइसिसीले एनसीसी अमेरिकाकोले च्याप्टरबाट प्रतिनिधित्व गराएका एक–एक जना प्रतिनिधिलाई कुनै पनि बहानामा हटाउन खोज्नु दुखद पक्ष हो । एनसीसी अमेरिकाले च्याप्टरबाट समेत सहभागी गराएर पठाएको आइसीसी डेलिगेटस लिस्टलाई आइसिसीले मान्यता दिनु पर्छ भन्ने हाम्रो जोडदार माग रहेको छ । च्याप्टरहरूको मागलाई बेवास्ता गरिएमा आइसीसीका कार्यक्रमलाई समेत च्याप्टरहरूले सहयोग गर्न नसकिने अवस्था निर्माण हुनसक्ने तर्फ समयमा नै सचेत गराउन चाहन्छौँ ।

धन्यवाद

च्याप्टर अध्यक्षहरू
Ang Tshiring Sherpa – NY
Bal Rai – NV
Basudev Bhatt – NC
Bikash Devkota – FL
Bimal Adhikari – NE
Bivek Jha. – MN
Dilip Kumar Baniya-GA
Dipak Thapa – WI
EKA DEV SHARMA – CA
Ganga Acharya – NM
Indara K Chaudhary – IL
Jyoti baral. – IA
Santosh Kaji Thapa – TN
Kamal Dhungana – NH
Keshav Lohani. – KY
Khem Raj Khatiwada – IN
Laxman Darlamee. – OR
Mohan Neupane. – OH
Muna Tiwari. – CT
Philip KC. – KS
Prem Tamang. – MA
Raju Parajuli. – MD
RC Panta. – CO
Subhash K Baitha – PA
Subodh Regmi. – VA
Surya Tiwari. – NJ
Tanka dahal. – WA
Tulshi Shiwakotee – MI

बोधार्थ
सचिबालय। गैर आवासीय नेपाली सङ्घ, अन्तरािष्ट्रय समन्वय परिषद्
अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अमेरिका