अमेरिकामा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

अमेरिकामा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै



एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्या बढेको छ । कोरोना सङक्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भेरियन्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको खबरमा उल्लेख छ । त्यहाँ सन् २०२० को अगस्टदेखि अहिलेसम्म ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।