बिद्रोही नेता गोञ्जालो रहेनन्

बिद्रोही नेता गोञ्जालो रहेनन्



झण्डै ३० वर्ष लामो जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ एक सैनिक अस्पतालमा निधन भएको हो । उनलाई पेरुको कालाओमा रहेकोे नौसेना आधार इलाकाको जेलमा १२ सेप्टेम्बर १९९२ देखि बन्दी बनाइएको थियो ।

जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएकोमा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुले पुष्टि गरेका छन् । गोन्जालो छालाको क्यान्सरका बिरामी थिए ।

गोञ्जालो पेरुको आतंकवादी संगठन साइनिङ पाथका अध्यक्ष हुन् । गोञ्जालोले पेरुमा सन १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए । फुजिमोरी सत्ताले उनलाई आजीवन कारावासको सजायँ सुनाएको थियो ।

विश्वभरका कम्युनिष्ट पार्टीले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए । साइनिङ पाथसँग नेपालका माओवादी केन्द्र लगायतका माओवादी संगठनहरुको विशेष सम्बन्ध रहेको मानिन्छ ।