अमेरिकामा कोभिडको पाँचौ लहर उच्च विन्दुमा पुग्ने विज्ञको चेतावनी

अमेरिकामा कोभिडको पाँचौ लहर उच्च विन्दुमा पुग्ने विज्ञको चेतावनी



न्युयोर्क । अमेरिकामा हाल फैलिरहेको कोरोनाभाईरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन् । डेल्टा भेरिअन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन् । भाइरस अझै केही वर्ष मानिसको जनजीवनको एउटा अंश हुने समेत उनीहरुले बताएका छन् ।

अहिले औषतमा दैनिक १ लाख ७० हजार अमेरिकी संक्रमित छन् । कोरोनाका कारण अझै पनि दैनिक १८ सय अमेरिकीको मृत्यु हुने गरेको छ । त्यस्तै, १ लाख भन्दा बढी संक्रमित अस्पतालमा उपचारार्थ छन् ।

जोन हप्किन्स विश्वविद्यालयकी सहप्राध्यापक तथा कोभिड उपचारसम्बन्धी बिज्ञ भक्ती हंसोतीले अमेरिकाको संक्रमणको प्रवृत्ति भारतको जस्तै रहेको बताइन् । युरोपेली मुलुकमा डेल्टा बिस्तारमा भने समान गिरावट आएको उनको भनाई छ ।

ग्रीष्मकालमा देखिएको कोभिड लहर सकिएकोमा भने हंसोतीले सन्तोषको सास फेरेकी छिन् । ‘तर, अर्को लहर चाँडै अन्त्य हुनेमा मलाई शंका छ ।’ अमेरिकीले कोभिडको चौथो लहरबाट राम्रो पाठ सिक्नुपर्ने उनको भनाइ छ । तर, क्यानडास्थित युनिर्भसिटी अफ ससकाटचेवन विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जिला रासमुसेन अमेरिकामा चौथो लहर नै समाप्त भएकोमा आशंका व्यक्त गर्छिन् ।