अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा नेपाललाई संविधान दिवसको शुभकामना

अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा नेपाललाई संविधान दिवसको शुभकामना



काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गरेका छन् । दुई देशका जनताबीचको सम्बन्धले पारस्परिक मैत्रीलाई अझ निकट ल्याएको तथा शैक्षिक, व्यापारिक, सामाजिक एवम् राजनीतिक सम्बन्ध निरन्तर विकसित भइरहेको उल्लेख गर्दै उनले नेपालको लोकतन्त्र र सार्वभौमसत्ताप्रति अमेरिकाको अटल प्रतिबद्धता रहेको बताएका छन् ।

यता, विदेशमन्त्री एन्थोनी जे बलिङकिन संविधान दिवसको उपलक्ष्यमा नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विदेश मन्त्रालयबाट जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘बितेको वर्ष कोभिड–१९ को महामारी र जलवायु परिर्वतनले निम्त्याएका सङ्कटको सामनाका साथै आर्थिक सम्बन्ध सुधारका निम्ति दुवै देशले सहकार्य र सहयोग गरेका छन् । कूटनीतिक सम्बन्धमार्फत सुदृढ रहेको सत्तरी वर्षभन्दा पुरानो चिरस्थायी अमेरिका–नेपाल मैत्री सम्बन्धको म सराहना गर्छु ।’