संविधान दिवसमा अमेरिकाले दियो शुभकामना

संविधान दिवसमा अमेरिकाले दियो शुभकामना



काठमाडौं । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गएको बर्ष नेपाल र अमेरिकाको सम्बन्ध अझै सुमधुर भएको उल्लेख गरेका छन् । ‘किनकी दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरिरहेका छौं । विशेषगरी हामीले कोभिड १९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गर्‍यौं,’ सन्देशमा भनिएको छ ।

झन्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र अमेरिका हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको उल्लेख गर्दै अमेरिकाले यो सम्बन्धको खुलेर प्रशंसा गरेको छ ।