बुटवलका मेयरलाई मुक्का !

बुटवलका मेयरलाई मुक्का !



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। लगातारको वर्षाले आएको पहिरोले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै स्थानीय जनता आक्रोश पोख्दै आएका थिए। बुटवल ज्योति नगर र लक्ष्मी नगर क्षेत्रका करिब दुई दर्जन क्षतिग्रस्त भएका थिए । सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्।