एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । माधवकुमार नेपालसहितका १४ जना सांसदहरुले दर्ता गरेको दल खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजालशले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय र एमालेले कारबाही सिफारिस गरेका सांसदहरुलाइृ कारबाही नगर्ने सभामुखको निर्णयको सक्कल फाइल झिकाउन भने आदेश दिएको छ ।