शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने देशसँग काम गर्न तयारः अमेरिकी राष्ट्रपति

शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने देशसँग काम गर्न तयारः अमेरिकी राष्ट्रपति



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताएका छन् ।

संयुक्त राष्ट्रको महासभामा सम्बोधन गर्दै उनले अर्को शीत युद्ध फेरि नचाहेको भन्दै शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताएका हुन् । उनले अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको सङ्घर्ष सकिएकाले अब कुटनीतिक पहल गर्ने बताएका छन् ।